१४ साउन, काठमाडौं – कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि रणनीति बनाउनेबारे शनिबार जनकपुरमा छलफल गर्दैछ । प्रदेश नम्बर २ का आठवटा जिल्लाका पार्टी सभापतिसहितको भेला गरी प्रचार लगायत रणनीति तय गर्ने कांग्रेसको केन्द्रीय प्रचार समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।
स्थानीय सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालबाट समेत पार्टीको घोषणापत्र, उम्मेदवारका प्रतिवद्धता लगायत जानकारी र एजेण्डा प्रचार प्रसार गर्ने र यसका लागि हरेक जिल्लामा प्रचार संयोजक र सहसंयोजक राखेर प्रचार संयन्त्र बनाउने तयारी रहेको लेखकले जानकारी दिए ।