Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

उम्मेदवारका विरुद्ध बागी उठने र अन्तर्घात गर्ने नेता कार्यकर्तालाई एमालेद्धारा कारवाही

Thursday, July 27, 2017 National Power


१२ साउन, भोजपुर – स्थानीय चुनावको क्रमममा अन्तर्घात र पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठने नेता कार्यकर्तालाई एमालेले कारवाही गरेको छ ।

चुनावको समीक्षा गर्ने बसेको एमाले जिल्ला कमिटि बैठकले अन्तर्घात र बागी उठनेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरी कारवाही गरेको हो । जिल्लाका स्थानीय तहमा अन्तर्घात भएका कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरेको एमालेले जनाएको छ ।

कारवाहीमा पर्नेमा संगठित सदस्यदेखि प्रदेश कमिटिका सदस्यसम्म छन् । एमाले जिल्ला कमिटिले टेम्के मैयुङ गाउँपालिका–९ मा वडा अध्यक्षमा बागी उठने जिल्ला कमिटि सदस्य नवराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै बागी उठने जिल्ला सदस्य विजयलक्ष्मी राई र उनीहरुका समर्थक, प्रस्तावक संगठित सदस्य यादवकुमारी नेपाल, भीमप्रसाद लुइँटेल र बाबुराम शाक्यलाई पनि कारवाही गरेको छ । वडा नं ७ र ६ का बागी उम्मेदवारलाई सहयोग गरेर पार्टी विरुद्ध गतिविधि गरेको ठहर गर्दै पूर्व गाउँपार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारवाही गरेको छ । बागी उम्मेदवारको पक्षमा भोट माग्दै हिँड्ने जिल्ला कमिटि सदस्य नविन राईलाई पनि अन्तर्घात गरेको ठहर गर्दै कारवाही गरेको छ ।