Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

उम्मेदवारका विरुद्ध बागी उठने र अन्तर्घात गर्ने नेता कार्यकर्तालाई एमालेद्धारा कारवाही

Thursday, July 27, 2017 National Power


१२ साउन, भोजपुर – स्थानीय चुनावको क्रमममा अन्तर्घात र पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठने नेता कार्यकर्तालाई एमालेले कारवाही गरेको छ ।

चुनावको समीक्षा गर्ने बसेको एमाले जिल्ला कमिटि बैठकले अन्तर्घात र बागी उठनेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरी कारवाही गरेको हो । जिल्लाका स्थानीय तहमा अन्तर्घात भएका कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरेको एमालेले जनाएको छ ।

कारवाहीमा पर्नेमा संगठित सदस्यदेखि प्रदेश कमिटिका सदस्यसम्म छन् । एमाले जिल्ला कमिटिले टेम्के मैयुङ गाउँपालिका–९ मा वडा अध्यक्षमा बागी उठने जिल्ला कमिटि सदस्य नवराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै बागी उठने जिल्ला सदस्य विजयलक्ष्मी राई र उनीहरुका समर्थक, प्रस्तावक संगठित सदस्य यादवकुमारी नेपाल, भीमप्रसाद लुइँटेल र बाबुराम शाक्यलाई पनि कारवाही गरेको छ । वडा नं ७ र ६ का बागी उम्मेदवारलाई सहयोग गरेर पार्टी विरुद्ध गतिविधि गरेको ठहर गर्दै पूर्व गाउँपार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारवाही गरेको छ । बागी उम्मेदवारको पक्षमा भोट माग्दै हिँड्ने जिल्ला कमिटि सदस्य नविन राईलाई पनि अन्तर्घात गरेको ठहर गर्दै कारवाही गरेको छ ।