Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

प्रधानमन्त्री देउवासंग राप्रपा रुष्ट

Wednesday, July 26, 2017 National Power

११ साउन , काठमाडौं– सरकारमा जान इच्छुक रहेपनि सहभागि नगराइएपछि प्रधानमन्त्री शेर बहादुर देउवासंग राप्रपा रुष्ट बनेको छ । राप्रपाले असार २३ मा भएको प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई सघाएको थियो । देउवा सरकारमा आफ्नो प्रतिनिधित्व चाहेपनि दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार हुँदासम्म पार्टीलाई कुनै महत्व नदिएको भन्दै राप्रपा रुष्ट बनेको हो ।

सरकारसँग रुष्ट बनेको राप्रपाले यसअघि सरकार गठन लगायतका विषयमा वार्ता गर्न गठन गरेको वार्ता समिति भंग गरेको घोषणा गरेको छ । राप्रपाले सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्द नेतृत्वमा कुन्ती शाही र दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो ।


राप्रपा विशेश्वर शर्मा सुवेदीले आजैका मितिदेखि जयन्त चन्द नेतृत्वको वार्ता समिति भंग गरिएको बताए । राप्रपा स्रोतका अनुसार अब पार्टी सरकारमा जाने सम्भावना लगभग सकिएको छ ।

राप्रपा नेता दीलनाथ गिरीले पार्टीले प्रधानमन्त्री निर्वाचनमा देउवालाई सघाएको तथा दीर्घकालसम्म विभिन्न मुद्दाहरुमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ पार्टी सरकारमा जान चाहेको भएपनि सत्तारुढ दलको वेवास्ताका कारण अब त्यो सम्भावना टरेको बताए ।
राप्रपाले संसदमा विधाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा नरहने संकेत समेत गरेको छ । गिरीले भने, ‘उहाँहरुलाई हाम्रो आवश्यकता रहेन भने हामीले पनि पूर्ववत् निर्णयलाई रिथिंक गर्नुपर्ने हुन्छ।’ यसअघि राप्रपाले संशोधन प्रस्तावको समर्थनमा रहेको केन्द्रीय समिति बैठकबाटै निर्णय गरेको थियो ।