Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

प्रधानमन्त्री देउवासंग राप्रपा रुष्ट

Wednesday, July 26, 2017 National Power

११ साउन , काठमाडौं– सरकारमा जान इच्छुक रहेपनि सहभागि नगराइएपछि प्रधानमन्त्री शेर बहादुर देउवासंग राप्रपा रुष्ट बनेको छ । राप्रपाले असार २३ मा भएको प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई सघाएको थियो । देउवा सरकारमा आफ्नो प्रतिनिधित्व चाहेपनि दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार हुँदासम्म पार्टीलाई कुनै महत्व नदिएको भन्दै राप्रपा रुष्ट बनेको हो ।

सरकारसँग रुष्ट बनेको राप्रपाले यसअघि सरकार गठन लगायतका विषयमा वार्ता गर्न गठन गरेको वार्ता समिति भंग गरेको घोषणा गरेको छ । राप्रपाले सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्द नेतृत्वमा कुन्ती शाही र दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो ।


राप्रपा विशेश्वर शर्मा सुवेदीले आजैका मितिदेखि जयन्त चन्द नेतृत्वको वार्ता समिति भंग गरिएको बताए । राप्रपा स्रोतका अनुसार अब पार्टी सरकारमा जाने सम्भावना लगभग सकिएको छ ।

राप्रपा नेता दीलनाथ गिरीले पार्टीले प्रधानमन्त्री निर्वाचनमा देउवालाई सघाएको तथा दीर्घकालसम्म विभिन्न मुद्दाहरुमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ पार्टी सरकारमा जान चाहेको भएपनि सत्तारुढ दलको वेवास्ताका कारण अब त्यो सम्भावना टरेको बताए ।
राप्रपाले संसदमा विधाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा नरहने संकेत समेत गरेको छ । गिरीले भने, ‘उहाँहरुलाई हाम्रो आवश्यकता रहेन भने हामीले पनि पूर्ववत् निर्णयलाई रिथिंक गर्नुपर्ने हुन्छ।’ यसअघि राप्रपाले संशोधन प्रस्तावको समर्थनमा रहेको केन्द्रीय समिति बैठकबाटै निर्णय गरेको थियो ।