Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

सम्पादक भुषाल र वरिष्ठ कलाकार संग्रौलालाई अभिनन्दित


बिर्तामोड – झापाको बिर्तामोडमा पत्रकार कृष्णा भुषाल र कलाकार लय संग्रौलालाई अभिनन्दन गरिएको छ । बिर्तामोडका युवा उद्योगपति प्रदीप मित्तलको निवासमा आयोजित कार्यक्रममा मिलाप मासिकका सम्पादक भुषाल र वरिष्ठ कलाकार संग्रौलालाई अभिनन्दन गरिएको हो । दुवैलाई उद्योगपति मित्तलले अभिनन्दन गरेका थिए । कार्यक्रममा प्रदीपको जीवन यात्रा समेटिएको ‘प्रदीप मित्तल एक निरन्तर यात्रा’ नामक पुस्तक तथा श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको थियो । प्रदीपका पिता द्वारिकाप्रसादले पुस्तक तथा बिर्तामोडका नवनिर्वाचित मेयर ध्रुवकुमार शिवाकोटीले श्रव्यदृश्य सामग्री सार्वजनिक गरेका थिए ।

उद्योगपति प्रदिपले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर शिवाकोटी, मेचीका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी, पुस्तकका सम्पादक कलाकार संग्रौला, मिलाप मासिकका सम्पादक÷प्रकाशक कृष्ण भुसाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताले युवा उमेरमै सामान्य व्यवसायीदेखि ठूलो उद्योगपतिको रुपमा स्थापित प्रदिपको जीवन सङ्घर्ष र सफलताका रहस्य समेटिएको पुस्तक अरुका लागि प्रेरक भएको बताए । कार्यक्रममा बिर्तामोडकी उपमेयर पवित्रा महतरा प्रसाईं लगायतको आतिथ्य थियो ।

कभरसहित १८० पृष्ठको पुस्तकमा उद्योगपति प्रदिपको जीवन यात्रादेखि उनको उद्योग व्यवसायका क्षेत्र समेटिएको छ । त्यस्तै उनलाई नजिकबाट चिन्ने सहकर्मीहरुको लेख समेत पुस्तकमा समेटिएको छ भने श्रब्य दृष्यमा पुस्तकमा भएका अंशहरुलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा मित्तलले पत्रकार सहारा उपचार कोषका झापाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए ।

पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति प्रदीप तथा उनका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गरेका थिए ।