Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

रुपै मेरो झलल भन्दै मधु

Wednesday, July 26, 2017 National Power

गायिका मधु क्षेत्रीले रुपै मेरो झलल भन्दै छिन् । उनले बजारमा लिएर आएको तीज गीत ‘पातै फरर…’मा यस्तो भनेकी हुन् । आशिष म्युजिक प्रा.लिले बजारमा ल्याएको यो गीतमा मधुले नै कम्मर मर्काएकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र वलीको शब्द÷सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन् भने सम्पादन राजेशकुमारले ।
थुप्रै गीत मार्फत दर्शक–स्रोताको मन जित्न सफल मधुको केही महिना मधुको ‘ब्युटी ब्युटी छ….’ले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तीज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । ‘मैले यसैलाई मध्यनजर गर्दै पातै फरर… बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।
गत ७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र पदमादेवी सिङ्गालको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पातै फरर…’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।