Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

ईन्दिराको रातो सारी भुईमा लरर

Wednesday, July 26, 2017 National Power

प्रतिभावान गायिका ईन्दिरा रजक तिवारीले यस वर्षको तीजलाई लक्षित गरी आफ्नो सांगीतिक कोशेली लिएर वजारमा आएकी छिन् । चर्चित नेपाली सुगम संगीतका गीतकार गोविन्द प्रसाद उपाध्यायको शव्द रचना र नेपाली चलचित्रकी प्रथम महिला संगीतकार रेखा पौडेलको संगीत रहेको गीत रातो सारी भुईमा लरर मेरो पछेउरी उड्यो सरर लाई यति वेला दर्शक श्रोताहरुले मन पराई रहेको निर्माण पक्षले जनाएका छन् ।
मिडिया एण्ड ईन्टरटेनमेन्टको प्रस्तुती रहेको उक्त गीतलाई हाईलाईट्स नेपालले वजार प्रवद्र्धन गरिरहेको छ ।

नरेश वीर सिंह र दिपकमान सिंहले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडेल रञ्जिता गुरुङले छमछम् नाचेकी छिन् । दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेको भिडियोमा बासु न्यौपानेको छायांनकन रहेको छ ।