११ साउन, बारा – एक युवकले बारामा गएराति श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेका छन् । कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी श्रीमती उन्ती रामको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको र त्यसकै कारण उन्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।कृष्ण फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरीले बताएका छन। उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखिएको छ ।