Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

वरिष्ठ कलाकार वाङ्देलको निधन

Wednesday, July 26, 2017 National Power


११ साउन, – वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा मंगलबार निधन भएको छ । मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा वाङ्देलको निधन भएको नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिए ।

भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आएकी थिइन् । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलका छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुख थिइन् ।

नेवारी परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पुर्याएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आएकी थिइन् । वाङ्देलको श्रीमान् र दुई छोरा अमेरिकामा नै बस्दै आएका छन् ।