Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

मन्त्रिपरिषद् विस्तार आज

Wednesday, July 26, 2017 National Power

११ साउन, काठमाडौँ – बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले बुधबार मध्याह्नसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । बुधबार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम र नेकपा(संयुक्त)लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने उनले बताए ।

काँग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी सहभागी हुने चर्चा छ ।
यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपालीलगायतको नाम चर्चामा छ । फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि केहीदिन मन्त्री भएका देवलार्इ यो सरकारमा पनि सहभागी गराउन लागिएको हो । नेकपा (संयुक्त) ले सांसद मिथिला चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित काँग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।