Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको र भगवान गौतम बुद्धको तस्बिर राख्न माग

Tuesday, July 25, 2017 National Power

१० साउन, काठमाडौं -राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंले अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेका छन। साथै सङ्गठनले पृथ्वीनारायणको तस्विरसँगै शान्तिका दुत भगवान गौतम बुद्धको पनि तस्बीर राख्न माग गरेको छ ।

प्रेस विज्ञप्ती मार्फत संगठनले यस्तो माग गरेको हो । यसअघि पनि नेपालको नोटमा पृथ्वीनारायणको फोटो राख्न माग गरेको थियो।

महासचिव राज बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ ‘राष्ट्र निर्माताको अपहेलना कुनै देशमा हुन्छ भने त्यो यही देश हो जहाँ राष्ट्र निर्मातालाइ सम्झन पनि लायक ठानिदैन ।’ गणतन्त्रको उदयपछि राष्ट्रनिर्मातालाई पनि सामन्तकै टोकडीमा मात्र सिमीत गरिएको भन्दै राप्रविसंले आपत्ती जनाएको छ।

साथै आगामी पुस्तामा नेपालीमा रहेको बुद्धत्व, विरता र गौरवपुर्ण इतिहासको गाथा उत्तिकै सम्मानमा राख्न र राष्ट्र निर्मातालाई हरेक ढुकढुकीमा पुर्याउन पाठ्यपुस्तका माध्यमबाट देशव्यापी रूपमा जागरण गर्नु तट्कारो आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।