Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

Tuesday, July 25, 2017 National Power

१० साउन, जनकपुर – प्रहरीले जनकपुरमा एक युवकलाई अपहरण गरी बन्धक बनाउने पाँचजनालाई पक्राउ गरेको छ । बिदेह नगरपालिका–८ बफै बस्ने लक्ष्मी दासको २४ वर्षका छोरा कमलेश्वर दासलाई अपहरण गरी जनकपुरमा बन्धक बनाउने उनीहरुलाई प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेहरुमा धनुषा चक्कर–७ बस्ने जगदिश दासको श्रीमती वर्ष ५५ की शोभा देवी दास, उनका २५ वर्षका छोरा रामसुफल दास, तारापट्टी–१ का २२ वर्ष निकेश यादव, महोत्तरी भ्रमरपुरा–३ का १८ वर्षका एसानुल राईन र वर्ष १९ का आदम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।