Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

Tuesday, July 25, 2017 National Power

१० साउन, जनकपुर – प्रहरीले जनकपुरमा एक युवकलाई अपहरण गरी बन्धक बनाउने पाँचजनालाई पक्राउ गरेको छ । बिदेह नगरपालिका–८ बफै बस्ने लक्ष्मी दासको २४ वर्षका छोरा कमलेश्वर दासलाई अपहरण गरी जनकपुरमा बन्धक बनाउने उनीहरुलाई प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेहरुमा धनुषा चक्कर–७ बस्ने जगदिश दासको श्रीमती वर्ष ५५ की शोभा देवी दास, उनका २५ वर्षका छोरा रामसुफल दास, तारापट्टी–१ का २२ वर्ष निकेश यादव, महोत्तरी भ्रमरपुरा–३ का १८ वर्षका एसानुल राईन र वर्ष १९ का आदम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।