Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

भोटेकोशीमा बनाइएको लार्चा पुल पहिरोले बगायो

Monday, July 24, 2017 National Power

९ साउन, काठमाडौं – गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको भोटेकोशी माथिको पुल बगाएको छ । बाह्रबिसे भन्दा झण्डै २४ किलोमिटर दूरीमा रहेको कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल पहिरोले बगाएको हो ।

पहिरोले पुल बगाएपछि तातोपानी गाउँपालिकाका दुई वडासँग सम्बन्ध विच्छेद भएको छ । तत्काल बेलिब्रिज बनाउन नसके त्यहाँ खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन सक्ने सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए । उनीसहित सुरक्षा निकायको टोली अहिले स्थलगत अध्ययनका लागि पहिरो प्रभावित क्षेत्रमा जाँदैछ ।

पहिरो खसेपछि भोटेकोशी आंशिक थुनिएकोमा अहिले पानीको निकास हुन थालेको उनले बताए । भोटेकोशी नदी विस्तारै सामान्य बन्ने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी सिलवालले बताए । पानी पर्नासाथ नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा दोलालघाटसम्म नै खतरा हुन सक्ने हुँदा सतकर्ता अपनाउन उनको सुझाव छ । यसअघि तीन वर्ष अघि साउन महिनामा सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा १४५ जनाको ज्यान गएको पुष्टि थियो ।