Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

भोटेकोशीमा बनाइएको लार्चा पुल पहिरोले बगायो

Monday, July 24, 2017 National Power

९ साउन, काठमाडौं – गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको भोटेकोशी माथिको पुल बगाएको छ । बाह्रबिसे भन्दा झण्डै २४ किलोमिटर दूरीमा रहेको कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल पहिरोले बगाएको हो ।

पहिरोले पुल बगाएपछि तातोपानी गाउँपालिकाका दुई वडासँग सम्बन्ध विच्छेद भएको छ । तत्काल बेलिब्रिज बनाउन नसके त्यहाँ खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन सक्ने सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए । उनीसहित सुरक्षा निकायको टोली अहिले स्थलगत अध्ययनका लागि पहिरो प्रभावित क्षेत्रमा जाँदैछ ।

पहिरो खसेपछि भोटेकोशी आंशिक थुनिएकोमा अहिले पानीको निकास हुन थालेको उनले बताए । भोटेकोशी नदी विस्तारै सामान्य बन्ने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी सिलवालले बताए । पानी पर्नासाथ नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा दोलालघाटसम्म नै खतरा हुन सक्ने हुँदा सतकर्ता अपनाउन उनको सुझाव छ । यसअघि तीन वर्ष अघि साउन महिनामा सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा १४५ जनाको ज्यान गएको पुष्टि थियो ।