Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

अस्थिर सरकारको कारण संसदीय प्रणाली नै रहेको ठहर

Monday, July 24, 2017 National Power

९ साउन, काठमाण्डौ – नेकपा माओवादी केन्द्रले अस्थिर सरकारको कारण संसदीय प्रणाली नै रहेको ठहर गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई रणनीतिक रुपमा अगाडि बढाउने भएको छ ।

केन्द्रीय कार्यालयको विस्तारित बैठकबारे जानकारी दिन सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान घोषणापछि पनि तीनवटा सरकार बन्नुले शासकीय प्रणाली सुधार नै मुलुक र जनताका लागि सुखको विषय बन्ने बताए ।

पहिलो संविधानसभाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संसदबाट निर्वाचित प्रधानमन्त्रीको विषयमा सहमति जुटाएको, दोस्रो संविधानसभाले पनि पहिलो संविधानसभाले गरेका काम कारबाहीको स्वामित्व लिएको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले भने, “शासकीय प्रणालीमा सुधार नगर्ने हो भने जनताको पटकपटकको संघर्ष त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संस्थागत नहुने हो कि भन्ने खतरा बढेर गएको छ ।”

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा स्थापित गर्न प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेसँग आफ्नो पार्टीले वार्ता गर्ने जानकारी दिँदै उनले मुलुकको हितका लागि ती दल समेत सहमत हुने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले २००७ सालदेखि २०७४ सालसम्म कुनै पनि सरकार पाँच वर्षसम्म नटिकेको र मुलुक स्थिर बन्न नसकेको भन्दै राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर पनि सबै दल सहमत हुनु जरुरी रहेको बताए ।