९ साउन – जोर्डनको राजधानी इजरायली दूतावासमा गोली चल्दा एकजनाको ज्यान गएको छ । अम्मानमा रहेको इजरायली दूतावसमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । गोली चलाउनुको कारण अहिलेसम्म स्पष्ट भएको छ । सुरक्षाकर्मीले दूतावास आफ्नो नियन्त्रणमा लिएका छन् र त्यहाँ रहेका इजरायली अधिकारीलाई सुरक्षित स्थानमा सारिएको छ । दूतावसाले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो ।