Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि इंग्ल्याण्डलाई

Monday, July 24, 2017 National Power

९ साउन – भारतलाई ९ रनले हराउँदै इंग्ल्याण्डले आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार राति लर्ड्समा भएको फाइनल खेलमा भारतलाई हराएर इंग्ल्याण्डले उपाधि उचालेको हो । दुई सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय १९ रनमात्रै बनाएपछि इंग्ल्याण्ड ९ रनले विजयी भएको हो । भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिएपनि हार टार्न सकेनन् । इंग्ल्याण्डको तिजमा एन्या श्रब्सोलको भूमिका महत्वपूर्ण रह्यो । उनी एक्लैले ६ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो । उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाइन् ।