Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

एमाले नेता माधवकुमार नेपाल चढेको गाडी तोडफोड

Sunday, July 23, 2017 National Power


८ साउन, रामेछाप – रामेछापमा नेकपा एमालेका नेता माधवकुमार नेपाल चढेको गाडी तोडफोड भएको छ। होटल अगाडि पार्किङ गरेर राखेको गाडी गएराति तोडफोड भएको हो। नेता नेपाल रामेछाप जाँदा प्रयोग गरेको रामेछापका एमाले कार्यकर्ता होमबहादुर बुढाथोकीको बा ५ च २७५० नम्बरको गाडी तोडफोड भएको रामेछापका प्रहरी प्रमुख डीएसपी कुमुद ढुंगेलले जानकारी दिए। उनी चढेको बेला तोडफोड भएको होइन, राति होटल अगाडि पार्किङ गरेको ठाउँमा तोडफोड भएको हो उनले भने होटलको कम्पाउण्ड छैन। पार्टी कार्यक्रमका लागि रामेछाप गएका एमाले नेता नेपाल शनिबार राति सुनकोशी होटलमा बास बसेका थिए। गाडी कसले के उद्देश्यले तोडफोड गर्‍यो भन्नेबारे केही नखुलेको प्रहरीको भनाइ छ।