Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

जिल्लाका धेरैजसो ग्रामीण सडक अवरुद्ध

Sunday, July 23, 2017 National Power

८ साउन, डडेल्धुरा – जिल्लामा वर्षाका कारण धेरैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक बिग्रिएपछि डडेल्धुराका ३७ ग्रामीण सडक मध्ये ३२ सडक अवरुद्ध भएका हुन् । जिल्लाका बाँकी सडकमा समेत जोखिम पूर्ण रुपमा यातायात संचालन भइरहेका छन् ।

जिल्लाका बगरकोट–रुपाल, डुंग्री–देवलदिव्यपुर, ढिमौला–भद्रपुर, ढिमौला–चिपुर, रडुवा–कोटेली, विप्याकटाल–वेलापुर, अनारखोली–देवलदिव्यपुर, रडुवा–वडम, बुडर–जोगबुडा लगायतका रुट गरी ३२ ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकमा ठूल–ठूला खाल्डा परेका छन् भने धेरैजसो सडक पहिरोका कारण अवरुद्ध भएका छन् । जोखिम पूर्ण रुपमा यातायात संचालन गरिरहेको चालकको भनाई रहेको छ ।

यातायातका सवारी साधन संचालनमा आउन नसक्दा यात्रुहरु पैदल हिँड्न बाध्य भएका छन् । ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन गरिएको तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउनमा समस्या भएको स्थानीय बासिन्दाहरु बताउँछन् । ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि हुन थालेको स्थानीयको भनाई छ ।