Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जनप्रतिनिधिले पहिलो बैठकको भत्ता बिरामीलाई दिने निर्णय

Sunday, July 23, 2017 National Power

८ साउन, जाजरकोट – जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाका जनप्रतिनिधिले पहिलो बैठकको भत्ता बिरामीलाई दिने निर्णय गरेका छन् ।
नगरपालिकाका ७१ जना जनप्रतिनिधिले सामुदायिक रुपमा भत्ता बिरामीलाई उपचारका लागि दिने निर्णय गरेको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका यस नगरपालिका वडा नं १३ का आकाश भण्डारी जीवन र मृत्युको बीचमा अस्पतालको शय्याबाट अर्काको घरमा बसेको थाहा पाएपछि यस्तो निर्णय गरिएको प्रमुख रावलले बताए । बिरामी भण्डारी नेपालगञ्जमा अर्थाभाव हुँदा अर्काको घरमा मृत्युसँग जुझ्दै बसिरहेका छन् विभिन्न सामाजिक कार्य गर्दै आएको यस नपाको पछिल्लो निर्णय प्रशंसनीय रहेको नागरिक अगुवा दीपबहादुर सुनारले बताए ।