Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

दाजुभाइको सुदुरपश्चिमेली भाका ‘काफल खान्या कुइयाँ’(भिडियोसहित)

Saturday, July 22, 2017 National Power



७ असार, – सुदुरपश्चीमका प्रतीभावान दाजु भाइ महेश र जनक ताम्राकारको नया गीत “काफल खान्या कुइयाँ” कलाकार आल्मोड़ा राना उप्रेती संगको सहकार्यका साथ हालै युटुव मार्फत सार्वजनिक भएको छ । यस गीतमा स्वर रहेको छ गायक जनक ताम्राकारको भने ताम्राकार दाजु भाइले सुदुर पश्चीमका पाखा पखेरामा गाइने भाकालाइ पछिल्लो समयमा नयाँ रुप दिएका छन ।

सुदुरपश्चिमेली नेपाली भाषामा गाइएको यो गित डोटेली र कुमाउनी लोकभाकाको समिश्रण र सुन्दरता हो । “काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी” । लोक गायक नन्द कृष्ण जोशीको “काफल खान्या” , ललित मोहन जोशीको डोटेली गीत “कमला ” को नया भर्सनमा अल्मोडा राना उप्रेतीको एरेन्ज तथा अडियो निर्माण रहेको छ भने महेश ताम्राकारको शब्द, संगीत र जनक ताम्राकारले स्वर दिएका छन्।

काफल खान्या कुइया मर्यो ला जुनकीरी शिशाकीगोली ले ।
लाग्दै माया बढ्दै गयो ला जुनकीरी त्यो तीम्रो बोली ले ।

छोेटो समय मा नै यस गीतले दर्शक श्रोतामाझ ठुलो चर्चा कमाएको छ । यस गीतले सफलता पाउनुको पछि गायक जनकको मिठो स्वर, संगीतकार महेशको सांगीतिक फरकपन, तथा सुन्दर समिश्रण अनि आल्मोड़ा राना उप्रेतीको औधी राम्रो संगीत संयोजन रहेको छ । दर्शक श्रोताको यस्तै साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने ताम्राकार बन्धुले बताएका छन । महेश र जनकको पहिलो गीत जुनकिरी पनि पछील्लो समय निकै रुचाइएको गीत हो । अहिले काफल खान्या कुइयाँ दर्शक श्रोताको मुखै मा झुन्डीने गीतहरु मध्ये एउटा हो । भिडियोसहित https://www.youtube.com/watch?v=a2cKbQODCGU