Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

मालपोत कार्यालयका ४ कर्मचारी घुससहित पक्राउ

Saturday, July 22, 2017 National Power

७ साउन, भक्तपुर – मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका सबै प्रक्रिया पु¥याई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट साँझ ७ बजे पक्राउ गरेको हो । अधिकृत श्रेष्ठले सेवाग्राहीबाट रु ५० हजार लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै उनीहरुलाई आयोग टोलीले नियन्त्रणमा लिएको हो । आयोगले अभियुक्त चारै जनालाई नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।