Thursday 4th March 2021

    नमोबुद्ध गुठि हस्तान्तरण    'फेशन फेयर अवार्ड— २०२०' भव्यरुपमा सम्पन्न    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार    ‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली    एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री

नेकपाका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदै

Saturday, July 22, 2017 National Power


७ साउन, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदैछ ।

पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ असार १५ गते रामेछापमा जन्मेका थिए । उनी शहीद गङ्गालाल श्रेष्ठका भाइ हुन । उनले स्थापना गरेका कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भएपनि प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । उनको २०३५ साल साउन ७ गते निर्वासनका बेला भारतमा निधन भएको थियो ।