७ साउन, काभ्रे – काभ्रे जिल्लाको बनेपामा शुक्रबार एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् ।
बनेपा बसपार्कमा गौतम भोजनालय सञ्चालन गर्दै आइरहेका राजाराम दाहालसहित उनका बाबु हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका हुन् । उनीहरुको लाससँगै विषको बोतलसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।