६ साउन, काठमाडौं – मानवअधिकार उल्लंघनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले शुक्रबार नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई नै सरकारले पदोन्नति र विभिन्न विभूषण प्रदान गरिएकोेप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।विभिन्न मितिमा गरिएका सिफारिसको सम्बन्धित निकायबाट कार्यान्वयन न्यून रहेकोप्रति पनि आयोग गम्भीर रहेको जनाएको छ ।
सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगद्वारा छानबिन गरी हत्या, बेपत्ता, यातनाजस्ता गम्भीर खालका मानवअधिकार हनन र मानवीय कानुनको उल्लंघनजस्ता अपराधमा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेका व्यक्तिलाई नै पदोन्नति तथा विभूषित गरिनु दुःखद भएको बताए ।आयोगका सिफारिसलाई गम्भीररुपमा लिन आग्रह गर्दै उनले सुन्तली तामाङमाथि बलात्कार गरी हत्या भएको घटनालाई हत्यामा मात्र मुद्दा चलाइएको र न्यायमा ढिलाइ भएको सम्बन्धमा विशेष ध्यानाकर्षण गराए ।