५ साउन, भक्तपुर – भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।
स्थानीय बासिन्दा चरण खायमलीले संचालन गरेको फर्निचर उद्योगमा मध्यरातमा भएको आगलागीबाट १६ लाख रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
राति पौने १२ बजे लागेको आगोले उद्योगमा रहेका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वारुण यन्त्र भक्तपुर र ललितपुरका दमकलल तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै २ बजे आगो नियन्त्रणमा लिएको थियो ।