Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

हतियार देखाएर लुटपाट गर्दै हिँड्ने लुटेरालाई पक्राउ

Thursday, July 20, 2017 National Power


५ साउन, भक्तपुर – प्रहरीले भक्तपुरका विभिन्न ठाउँबाट हतियार देखाएर लुटपाट गर्दै हिँड्ने लुटेरालाई पक्राउ गरेको छ ।

लुटपाटमा संलग्न रहेका भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बस्ने ३० वर्षका प्रविण श्रेष्ठ, कैलाली धनगढी ७ स्थायी घर भई अहिले सूर्यविनायक नगरपालिका ३ बस्ने २१ वर्षका सुरज चौधरी र काभ्रे मङ्गलटार ८ स्थायी घर भई अहिले सूर्यविनायक ४ बस्ने २० वर्षका ईन्द्र सिंह तामाङलाई पक्राउ गरी थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिए ।

पक्राउ पर्नेहरुको साथबाट पञ्हरीले चक्कु, दुई थान मनि पर्स, नाईलनको डोरी, चारवटा मोबाईल, एउटा घडी, गाँजा २५ ग्राम, नेराभेट ७ चक्की, नगद एक हजार ३८० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।