५ साउन, काठमाण्डौ – श्रम सम्झौंता नभएको मुलुकमा महिला कामदारलाई जान नदिन सरकार दृढ रहेको श्रममन्त्री फरमूल्लाह मन्सुरले बताएका छन् ।
मन्त्री मन्सुरले गैरकानुनी बाटोबाट कामको खोजिमा विदेश जाने महिलाहरुलाई रोक्न भने सरकार एक्लैको प्रयास पर्याप्त नहुने पनि स्वीकार गरे ।व्यवस्थापिका–संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बुधबारको बैठकमा बोल्दै उनले गैरकानुनी बाटोबाट विदेश जाने महिलाहरुलाई रोक्न संसदीय समितिसँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको पनि बताए ।
बैठकमा समितिका सदस्यहरुले कानुन विपरित विदेशमा काम गर्न जान नदिन सरकारले नसकेको आरोप लगाएका थिए । उनीहरुले कामदारहरुलाई विदेशमा पठाउँदा श्रम स्विकृति लिने व्यवस्थालाई कडाई गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका दुतावासहरुले काम गर्न नसकेको भन्दै आपत्ति जनाएका छन ।अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाली कामदारहरुलाई विदेश पठाउँदा अनिवार्य रुपमा श्रम सम्झौंता गर्न सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।