Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु

Wednesday, July 19, 2017 National Power


४ साउन, काठमाडौं – सरकारमा सहभागिता र संविधान संशोधनलगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु भएको छ ।
कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ । नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्व केन्द्रीय सदस्य पनि उपस्थित भएको छ । बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्धारा दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ । यही साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्धारा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।
बैठकमा अध्यक्षबाट प्रस्तुत प्रतिवेदनका साथै स्थानीय तहको निर्वाचन समीक्षा, साङगठनिक अवस्था र भावी रणनीति आदि कार्यसूची रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच टेलिफोनमा कुरा भएपछि मात्र बुधबारको बैठक सुरु गरिएको छ । अध्यक्ष थापाले गएको शुक्रबार ४२ केन्द्रीय सदस्य मनोनित गरेपछि पार्टीमा आन्तरिक विवाद कायमै छ ।