Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

५० थान गोलीसहित २ जना पक्राउ

Wednesday, July 19, 2017 National Power


४ साउन, पर्सा – पर्सामा मंगलबार साँझ ५० थान गोलीसहित २ जना पक्राउ परेका छन् । मंगलबार साँझ पर्सागढी गाउँपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय क्षेत्री चौधरी र सोहि गाउँका मोटरसाईकल चालक २१ वर्षीय रामकिशुन चौधरी ५० थान गोलीसहित पक्राउ परेका हुन् । जिल्लाको मनवा र रंगपुरटाँडीको बीचमा शंकास्पद व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा शंकास्पद गतिविधि देखाएपछि आलुको बोरा खोतल्दा ४५ प ९१९६ नम्बरको मोटरसाईकलमा बोरा भित्रै गोली राखि भारतबाट नेपालको ग्रामिण क्षेत्रमा लैजादै गर्दा क्षेत्री र चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरीले जानकारी दिए ।
गोलीसहित पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।ठबिसकोट नगरपालिका १० स्थित स्यालागाड खोलाले बगाएर मंगलबार बेपत्ता भएका स्थानीय खड्क बहादुर खत्रीका छोरा ५ वर्षिय किरण खत्री मृत अवस्थामा फेला परेका छन् । खत्रीको शव बुधबार बिहान आठबिसकोट अर्दिगाँउमा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी केही दिनदेखि बेपत्ता भएका टंकी मनाङका ५६ वर्षिय कान्छा गुरुङ पनि बुधबार मृत फेला परेका छन् । बेपत्ता गुरुङको शव बुधबार बिहान सोही ठाउँको भाक्रा खोलामा भेटिएको प्रहरीले जनाएको छ ।