Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

५० थान गोलीसहित २ जना पक्राउ

Wednesday, July 19, 2017 National Power


४ साउन, पर्सा – पर्सामा मंगलबार साँझ ५० थान गोलीसहित २ जना पक्राउ परेका छन् । मंगलबार साँझ पर्सागढी गाउँपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय क्षेत्री चौधरी र सोहि गाउँका मोटरसाईकल चालक २१ वर्षीय रामकिशुन चौधरी ५० थान गोलीसहित पक्राउ परेका हुन् । जिल्लाको मनवा र रंगपुरटाँडीको बीचमा शंकास्पद व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा शंकास्पद गतिविधि देखाएपछि आलुको बोरा खोतल्दा ४५ प ९१९६ नम्बरको मोटरसाईकलमा बोरा भित्रै गोली राखि भारतबाट नेपालको ग्रामिण क्षेत्रमा लैजादै गर्दा क्षेत्री र चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरीले जानकारी दिए ।
गोलीसहित पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।ठबिसकोट नगरपालिका १० स्थित स्यालागाड खोलाले बगाएर मंगलबार बेपत्ता भएका स्थानीय खड्क बहादुर खत्रीका छोरा ५ वर्षिय किरण खत्री मृत अवस्थामा फेला परेका छन् । खत्रीको शव बुधबार बिहान आठबिसकोट अर्दिगाँउमा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी केही दिनदेखि बेपत्ता भएका टंकी मनाङका ५६ वर्षिय कान्छा गुरुङ पनि बुधबार मृत फेला परेका छन् । बेपत्ता गुरुङको शव बुधबार बिहान सोही ठाउँको भाक्रा खोलामा भेटिएको प्रहरीले जनाएको छ ।