४ साउन, काठमाडौं – प्रहरीले चर्चित लोकगायक बद्री पंगेनीलाई पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो । पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा छुट्टै राखिएको थियो र उनी छुट्ने पक्रियामा छन् ।