चर्चित गीतकार शान्तिप्रियको शब्द संकलन र लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको लय संकलनमा गायिका घनमाया रानाले हिन्दु नारीहरुको महान सांस्कृतिक पर्व तीजको अवसरमा मौलीक गीत लीएर श्रोता तथा दर्शकमाझ आएकी छन् । बिसंगतीका बिचमा विकृत शब्द र लयमा तीजका गीतहरु आइरहेका बेलामा घनमाया रानाको यो गीत भने मौलकि रहेको छ । पछिल्लो समयमा तीजका गीतहरु छाडाहुँदै गएको अवस्थामा संगीतकार सन्तोष श्रेष्ठले यस गीतलाई ठेट मौलीक तीज गीतको लयमा उतारेका हुन् ।
निर्माता जीवन केसीले तीज विकृत बन्दै गएको र मौलीकता खोज्नुपर्ने आवश्यक भएको बेलामा आफुले सोचेजस्तो गीतलाई वजारमा ल्याउन पाएकोमा खुशी व्यक्त गरेका छन् । गायिका घनमायाले पनि तीजको मौलीक गीत आपूmले गाउन पाएकोमा सन्तुष्टी ब्यक्त गरिन् । ‘हामी संगतिकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ ।जसका कारण हाम्रो पन बाँचीरहोस्’ संगीतकार श्रेष्ठले भने । गीतको भिडियो गोपाल थापाले निर्देशन गरेका छन् । यस तीज गीतमा रिना थापा र मिठ्ठु आलेको अभिनय छ भने देवराज आचार्यको छायांकन एवम् मनोज कार्कीको सम्पादन रहेको छ । गोल्डेन क्रियशनको प्रस्तुती यस गीतलाई आजै मात्र म्यूजीक नेपालले यूट्यूव मार्फत सार्बजनिक गरेको छ ।
भिडियो सहित