Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

आगलागी हुँदा तीन लाखको क्षति

Tuesday, July 18, 2017 National Power

३ साउन, सप्तरी – सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा मंगलबार बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उनका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताएको छ । स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । यसैबीच मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लामले अग्निपीडित परिवारलाई आजै भुजा, चिउरा, चामल, नुन, तेल, कपडालगायत सामग्री राहत वितरण गरे ।