Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

हिलाम्य सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा ज्यान गयो

Tuesday, July 18, 2017 National Power

३ साउन, दैलेख – आठबीस नगरपालिका १ सात्तलाका ३८ वर्षका टेकराज जैसीको हिलाम्य सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा ज्यान गएको छ । खम्बडाँडाबाट एक्लै घर जाने क्रममा सोमबार बेलुका पाफेखोलामा खसेर जैसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

हातको औंला घिनाएर पाक्न थालेपछि खम्बडाँडास्थित मेडिकलमा उपचार गरेर फर्किने क्रममा मध्यपहाडी राजमार्गको चौडा सडक हिलाम्य भएका कारण सडक किनाराबाट हिँड्दा चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ । आफू घर आउँदै गरेको भनेर मोवाइलबाट घरमा भनेका जैसी अवेरसम्म पनि घर नपुगेपछि खोजी गर्दा मंगलबार बिहान मात्र शव पाफेखोलामा फेला परेको हो । मोवाइल पानीमा खसेको, टाउकोमा चोट लागेर अत्याधिक रगत बगेको र मुखको भाग पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।