Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

पराजुली प्रधानन्यायधिषमा नियुक्त

Monday, July 17, 2017 National Power

२ साउन, काठमाडौं – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गरेका छन् । त्यसअघि उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

सपथ लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए ।

यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।