२ साउन, काठमाण्डौ – साउन महिनाको पहिलो हप्ताको सोमबारमा हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । यो महिनाको सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै ब्रत लिने गर्छन् ।
साउन महिनाको सोमबारका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दा आफुले सोचेको मनोकांक्षा पूरा हुन्छ भन्ने लोक मान्यता छ ।साउन महिना लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ । आज पहिलो साउन महिनाको पहिलो सोमबारका दिन देशका विभिन्न स्थानका शिवालयहरुमा महिला दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछन ।