Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भक्तपुरमा बस र मोटरसाइकल एकापसमा ठोक्किदा एकको मृत्यु,एक घाइते

Sunday, July 16, 2017 National Power

१ साउन, भक्तपुर – मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल शनीवार राती एकापसमा ठोक्किदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन् । इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ । बस र चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरीले बताए ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको शैलुंगेश्वरी यातायातको बा४ख १९९१ नंको बस र भक्तपुरतर्फ आउँदै गरेको बा८५प ९९२८ नंको मोटरसाइकल अरनिको राजमार्गअन्तर्गत गठ्ठाघर चोकमा एकापसका ठोक्किएर दुर्घटना भएको थियो ।