Sunday 29th November 2020

    आज १२ सय ५५ कोरोना संक्रमित थप    चिनियाँ रक्षामन्त्री काठमाडौं आउँदै    ओली प्रचण्ड टकराव: एक-अर्काविरुद्ध खतरनाक तयारी    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता

आज साउने संक्रान्ति पर्व मनाइँदै

Sunday, July 16, 2017 National Power


१ साउन, काठमाडौं – सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई कर्कट संक्रान्ति भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइएको छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ। साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन रहेको छ। यो दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। बिहानै निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायोलगायतका वनस्पति तथा फल घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर रहेको छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास पनि छ। साउने संक्रान्तिका लागि छोरीचेली माइती जाने चलन नेपालका अधिकांश जातजातिमा रहेको छ। आर्थिक कारोवार गर्नेहरूले पनि साउन १ गतेलाई विशेष दिन मान्छन्। नेपालको आर्थिक वर्ष यसै दिन सुरु हुन्छ।