Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

हत्यामा संलग्नलाई भगाउने डीएसपीसहित ११ प्रहरीलाई कारबाही सिफारिस

Friday, July 14, 2017 National Power

३० असार, काठमाडौं – साढे पाँच वर्षअघि रामेछापको लिखु गाउँपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ नगरी भगाउन सहयोग पुर्याउने तत्कालीन डीएसपीसहित ११ प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।

साढे पाँच वर्षअघि डीएसपी सञ्जीव शर्मा दासले किशोरीको हत्या गर्ने श्याम राउतलाई भगाएको निष्कर्षसहित मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको हो। सात जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ भने चार अभियुक्तलाई प्रहरी प्रधान कार्यालयमा मध्यक्षेत्रीय प्रहरी कार्यालयले सिफारिस गरेको छ।

रामेछापका तत्कालीन डीएसपी दास, प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेल, प्रहरी नायब निरीक्षक नरबहादुर श्रेष्ठ, हवल्दार शान्ताकुमारी खड्कालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको हो। मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले सुन्तली तामाङ हत्याकाण्डमाअभियुक्तलाई पत्रmाउ गर्न बेवास्ता गरेको भन्दै सातजनालाई विभागीय कारबाही गर्ने भएको छ।

कारबाहीमा पर्नेमा प्रहरी नायब निरीक्षक राजेन्द्र खरेल, प्रहरी सहायक निरीक्षक टलकबहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक फणिन्द्रकुमार थापा, हवल्दार रामलाल श्रेष्ठ, हवल्दार शिवशंकरकुमार सिंह, हवल्दार निरशकुमार साह र जवान भरत केसी रहेका छन्।