Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दुई वर्षपछि जिल्ला प्रशासन कार्यालय भवन निर्माण

Thursday, July 13, 2017 National Power

२९ असार, गोरखा – भूकम्पले जीर्ण भवन भत्केपछि बहाल तिरेर निजी घरमा सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय दुई वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।

रु तीन करोड ६० लाख ९८ हजारको लगानीमा थानी निर्माण सेवाले सुविधा सम्पन्न तीनतले भवन निर्माण गरेपछि प्रशासन आफ्नै भवनमा सरेको हो ।

विहीबारदेखि पूर्णरुपमा नयाँ भवनबाट सेवाग्राहीका कामकाज गरिने सहायक प्रमुख जिल्ला अधिकारी, केशवराज शर्माले जानकारी दिए । छ महिना नाकाबन्दीका कारणले निर्माण सामग्रीको अभाव झेल्नुपर्दा भवन निर्माणमा केही ढिलाइ भएको निर्माण व्यवसायी भोला मरहट्टाले बताए ।भूकम्पपछि कारागार छेउमा रहेको निजी घरमा प्रशासन कार्यालय सञ्चालन गर्नुपरेको थियो, जसले गर्दा बैठक कक्षलगायत नहुँदा सेवाग्राहीले समस्या झेलेका थिए । नयाँ भवनमा ठूला बैठक कक्षसहितका सुविधासम्पन्न कोठाहरु निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रशासन कार्यालय भवन नै अपांगमैत्री नभएको भन्दै विरोध पनि भएको छ । साथै राष्ट्रिय अनुसन्धान जिल्लास्थित कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला कृषि विकास कार्यालय, घरेलु विकास समितिको कार्यालय, प्रजिअ आवास कक्षलगायत भवन पनि निर्माणको तयारीमा छन् ।