Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

विभिन्न पदमा उम्मेदवारी दिएका १८१ जना उम्मेदवारको जमानत जफत

Thursday, July 13, 2017 National Power

२९ असार, सोलुखुम्बु – सोलुखुम्बुमा स्थानीय तह दोस्रो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका १ सय ८१ जना उम्मेदवारको जमानत जफत भएको छ ।

खसेको कुल सदर मत मध्ये १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका कम्प्युटर अपरेटर एवं सूचना अधिकारी जगनाथ दाहालले मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्यहरुको गरी १ सय ८१ जनाको जमानत जफत भएको जानकारी दिए।

खुम्बुपासाङ पासाङल्हामु गाउँपालिकामा जना, दुधकोशी गाउँपालिकामा १४ जना, दुधकौशिका गाउँपालिकामा २७ जना, महाकुलुङमा ४ जना, नेचासल्यान गाउँपालिकामा ३० जना, लिखुपिके गाउँपालिकामा ३६ जना, सोताङ गाउँपालिकामा १४ जना, सोलुदुधकुण्ड नगरपालिका ५१ जनाको जमानत जफत गरिएको हो । एक नगरपालिका र ७ गाउँपालिकाको २ सय ७६ पदमा ९ सय ४३ जनाको उम्मेदवारी परेको थियो ।

असार १४ गते सम्पन्न भएको निर्वाचनबाट दलित महिला सदस्यमा एक जना निर्विरोधसहित २ सय ६९ जना निर्वाचित हुनुभएको छ । यसरी १ सय ६० जना पुरुष र १ सय ९ जना महिला निर्वाचित भएका छन् । सोलुखुम्बुमा प्रमुख पदमा महिला निर्वाचित भएका छैनन् । उपमेयरसहित उपप्रमुखमा ८ जना महिला निर्वाचित भएका छन । मेयरसहित गाउँपालिकाको प्रमुखमा ८ जना पुरुष निर्वाचित भएका छन ।

५१ वटा वडाको वडाअध्यक्षमा सबै पुरुष निर्वाचित भएका छन । खुल्ला सदस्यमा एक जना महिला सहित १ सय १ जना पुरुष गरी १ सय २ जना निर्वाचित भएका छन । महिला सदस्य ५१ जना, दलित महिला सदस्य ४८ जना निर्वाचित भएका छन। सुचना अधिकारी दाहालका अनुसार मेयरमा एक जना, उपमयेरमा ४ जना, गाउँपालिकाको अध्यक्ष पदमा २ जना, उपाध्यक्ष पदमा २५ जना, खुल्ला सदस्यमा १२ जना , वडा अध्यक्षमा २ जना महिलाले उम्मेदवारी दिएका थिए ।

नेचासल्यान गाउँपालिका वडा नं ६ तिंलाका स्थानीय बासिन्दले निर्वाचनमा भाग नलिएपछि ५ जना, महाकुलुङ गाउँपालिका वडा नं ५ र सोताङ गाउँपालिका वडा नं ४ मा दलित महिला सदस्य एक एक जना गरी ७ जनाको पद खाली रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।