Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

हावाहुरीले मकैबालीमा क्षति

Thursday, July 13, 2017 National Power

२९ असार,बैतडी – लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् ।

हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको छ भने सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं ६ धुलिधार लगायतका क्षेत्रमा मकैमा बढी क्षति पुगेको किसानले बताए । पत्थरकोटमा करिब ३० परिवारको मकैबाली नष्ट गरेको स्थानीयले जानकारी दिए । यस्तै, सुर्नया गाउँपालिका–८ मा हावाहुरीले मकैबालीमा क्षति पु¥याएको साथै वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति पु¥याएपछि किसान भोकमरी हुने भन्दै चिन्तित बनेका छन् ।