Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

अज्ञात समूहको गोली लागी एक घाइते

Thursday, July 13, 2017 National Power

२९ असार, विराटनगर-विराटनगरको मुनाल पथमा बिहीबार बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटार घर भई उपचारका लागि विराटनगर आएकी ४७ वर्षीया टिनादेवी बिष्टलाई अज्ञात समूहले बिहान ५ बजे गोली प्रहार गरेको हो ।

उनको घुँडामा गोली लागेको र उनी अवस्था सामान्य रहेको छ ।सामान्य अवस्थामा रहेकी महिला अहिले विराटनगरस्थित बिराटन नर्सिङ होममा उपचार भइरहेको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनको साथवाट नगद ११ हजारसमेत लुटेर लगेको घाइते बिष्टले जानकारी दिइन् । यसबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिए ।