Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सन्चालन भएन

Thursday, July 13, 2017 National Power

२९, असार, चितवन – बुधवार दिउँसो साँढे ३ बजे खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालन भएको छैन् ।इच्छाकामना गाउँपालिका– ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाउने प्रयास भइरहे पनि काम नसकिँदा सडक सञ्चालन आउन सकेको छैन् ।

बिहान ८ बजेबाट सडक दुवैतर्फी सञ्चालन गर्ने गरी खुलाउने प्रयास भैरहेको चितवनका ट्राफिक प्रहरीले जानकारी दिए । हिजोदेखि नै आयोजनाका डोजरहरुले पहिरो पन्छाउने काम गरिरहेका छन् । मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा डोजरले पहिरो पन्छाउने काम निरन्तर गरिरहेका छन् । जोखिम क्षेत्रमा फसेका सवारी साधानहरुलाई वान वे बनाएर राति नै गन्तब्यतर्फ पठाइएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।