२८ असार, धादिङ – जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका २ सानोगाउँमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना १ ज ४२ ०० नम्बरको बलेरो जीपले ब्याक गर्ने क्रममा स्थानीय ६० वर्षीया मंगली कुमाललाई ठक्कर दिएको थियो ।
बुधबार विहान बलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा पुर्याएको केही समयमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ठक्कर दिने सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय सल्यानटारले नियन्त्रणमा लिएको छ ।