Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज थाइल्याण्ड जाँदै

Wednesday, July 12, 2017 National Power

२८ असार, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार थाइल्याण्ड जाँदैछन् ।
यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेका उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उनको सचिवालयले जनाएको छ ।