Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण हुँदा ७ जनाको मृत्यु, १९ घाइते

Tuesday, July 11, 2017 National Power

२७ असार – भारत प्रशासित कास्मिरमा विद्रोही संगठनको आक्रमणमा ७ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमध्ये पाँच जना महिला रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनंतनाग जिल्लामा विद्रोहीले यात्रुलाई लक्षित गरी आक्रमण गरेको खबरमा उल्लेख छ । विद्रोहीले आक्रमण गर्दा बसमा ५६ यात्रु थिए । उनीहरु गुजरातका र महाराष्ट्रका हुन् ।

प्रहरीका अनुसार अमरनाथ दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण भएको हो । यो आक्रमण भएको झण्डै एक घण्टा पछि कास्मिरमा इन्टरनेट सेवा बन्द गरिएको छ । घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्य मन्त्रीले भत्सर्ना गरेका छन् ।