Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन मुख्य तीन दलबिच छलफल हुँदै

Tuesday, July 11, 2017 National Power

२७ असार, काठमाण्डौ – संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन मुख्य तीन दलबिच छलफल हुँदै छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मुख्य विपक्षी नेकपा एमालेबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो ।

सत्तारुढ कांग्रेस र माओवादीले आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपा नेपालको माग अनुसार संविधान संशोधन पारित गर्न चाहे पनि एमाले संविधान संशोधनको विपक्षमा छ । प्रधानमन्त्रीले संशोधनमा एमालेलाई पनि मनाउन ३ दलको बैठक बोलाएको हो । यसअघि प्रधानमन्त्रीले संविधान संशोधन बारे राजापा, राप्रपालगायतका दलसँग छलफल गरिसक्नु भएको छ । देउवा संविधान संशोधनपछि मात्र मन्त्रीपरिषद विस्तार गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने तयारीमा छन् । निर्वाचन आयोगले साउन १५ गतेदेखि निर्वाचन क्षेत्र निर्धारण गरिसक्न सरकारलाई भनेको छ । तर सरकारले अहिलेसम्म आयोग बनाउन सकेको छैन ।

यस्तै नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय बैठक पनि मंगलबार बस्दै छ । बैठक दिउँसो २ बजे पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने छ । बैठकमा चुनावको समिक्षा तथा संविधान संशोधनका लागि पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने छ ।