Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन मुख्य तीन दलबिच छलफल हुँदै

Tuesday, July 11, 2017 National Power

२७ असार, काठमाण्डौ – संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन मुख्य तीन दलबिच छलफल हुँदै छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मुख्य विपक्षी नेकपा एमालेबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो ।

सत्तारुढ कांग्रेस र माओवादीले आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपा नेपालको माग अनुसार संविधान संशोधन पारित गर्न चाहे पनि एमाले संविधान संशोधनको विपक्षमा छ । प्रधानमन्त्रीले संशोधनमा एमालेलाई पनि मनाउन ३ दलको बैठक बोलाएको हो । यसअघि प्रधानमन्त्रीले संविधान संशोधन बारे राजापा, राप्रपालगायतका दलसँग छलफल गरिसक्नु भएको छ । देउवा संविधान संशोधनपछि मात्र मन्त्रीपरिषद विस्तार गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने तयारीमा छन् । निर्वाचन आयोगले साउन १५ गतेदेखि निर्वाचन क्षेत्र निर्धारण गरिसक्न सरकारलाई भनेको छ । तर सरकारले अहिलेसम्म आयोग बनाउन सकेको छैन ।

यस्तै नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय बैठक पनि मंगलबार बस्दै छ । बैठक दिउँसो २ बजे पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने छ । बैठकमा चुनावको समिक्षा तथा संविधान संशोधनका लागि पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने छ ।