Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

वन्यजन्तुको वासस्थान संरक्षण तथा चोरीशिकार प्रतिरोध अभियान सुरु

Monday, July 10, 2017 National Power

२६ असार, चितवन – वर्षाको समयमा दुर्लभ वन्यजन्तुको चोरीशिकार हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु र त्यसको वासस्थान संरक्षण तथा चोरीशिकार प्रतिरोध अभियान सुरु गरेको छ ।

सरोकारवाला निकायहरुको सहकार्यमा सुरु भएको सो अभियान तीन महिनासम्म सञ्चालन हुनेछ । वर्षाको समयमा निकुञ्जमा घाँसका विभिन्न प्रजाति बढेर बाटो छेकिने, पानीले बाटोमा हिलो र खाल्डाखुल्डी हुने, रुख ढलेर बाटो अवरुद्ध हुनेलगायतका कारण मानिसको आवतजावतमा निकै कमी आउने गर्छ । जसका कारण शिकारीहरु सक्रिय हुने गर्छन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रका चोरीशिकारका दृष्टिले संवेदनशील क्षेत्रहरुमा रबरको डुङ्गा, गाडी, हात्ती, पैदल, साइकललगायतका माध्यमबाट गस्ती गरिनेछ । वन्यजन्तुको बढी ओहोरदोहोर हुने ठाउँको निगरानी राखी गस्ती बढाइने छ । अभियानअन्तर्गत ती क्षेत्रका जनतालाई सुसूचित गर्ने, संरक्षण शिक्षा दिइने, अन्तक्र्रिया गर्ने र जङ्गल सर्च गर्नेलगायतका कार्यक्रम गरिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

अभियानमा जिल्ला वन, सामुदायिक वन, नेपाली सेना, स्थानीय चोरीशिकार नियन्त्रण युवा जागरण उपसमितिहरु, मध्यवर्ती व्यवस्थापन समिति, वन हेरालु, संरक्षणका साझेदार संस्थालगायतको सहभागिता रहनेछ । जसअन्तर्गत आइतबार भरतपुर महानगरपालिकाको ज्ञानेश्वर, सेतीदेवी र मझुवा सामुदायिक मध्यवर्ती वनबाट अभियान थालिएको हो । ती वन नारायणी नदीको किनारमा रहेका छन् । गैँडा र बाघका लागि यो क्षेत्र उपयुक्त वासस्थान मानिन्छ । अभियान कात्तिक १ गते समापन गरिने जनाएको छ ।